You cannot edit this Postr after publishing. Are you sure you want to Publish?
Experience reading like never before
Read in your favourite format - print, digital or both. The choice is yours.
Track the shipping status of your print orders.
Discuss with other readersSign in to continue reading.

"It was a wonderful experience interacting with you and appreciate the way you have planned and executed the whole publication process within the agreed timelines.”
Subrat SaurabhAuthor of Kuch Woh Palपरमेश्वरको योजना’ मैले लेखेका केही लेखहरूको संग्रह हो। शिर्षखरू भिन्दा भिन्दै देखिए पनि सबै एउटै धागोमा गांसिएका छन्। परमेश्वरको योजना मण्डलीको लागि र हामी विश्वासीहरूको लागि के हो? हाम्रो बोलावट स्वर्ग जानको लागि मात्र हो कि अरु पनि कुनै लक्ष्य छ? अन्य शिर्षक हरू पनि यस्तै फरक फरक तर ज्वलन्त विषयहरू मा मनन गर्छन्। प्रत्येक विश्वासी येशूमा आफ्नो विशेष बोलावट र भविष्य प्रष्ट गरी देख्न सकोस्, यही उद्देश्य लिएर यो पुस्तक पाठक सामु राखिएको छ।
It looks like you’ve already submitted a review for this book.
Write your review for this book (optional)
Review Deleted
Your review has been deleted and won’t appear on the book anymore.पीटर कमलेश्वर सिंह
पीटर कमलेश्वर सिंहको जन्म तराईको एउटा गाऊँ (बारा जिल्ला को बडकी फुलवरिया) मा ११ अप्रिल १९४७ ई भएको थियो। स्कूल र कौलेज को अध्ययन सकेर उनी सर्वप्रथम सन् १९६३ मा नेपालको एकमात्र ईन्जीनियरीङ्ग स्कूलमा अध्ययनको लागि काठमाडौ छिरेका थिये। परमेश्वरको राज्यको सुसमाचार एकजना भारतीय प्रचारक बाट सन् १९६५ को आरम्भ तिर जावलाखेलको चौरमा सुन्ने अवसर पाए र बाइबल धर्मशास्त्रको नया नियम बाट मत्ती रचित सुसमार पढ्न आरम्भ गरे। बाइबल अध्ययन अघि बढ्दै जाँदा पवित्र आत्माले कमलेश्वरको हृदयमा काम गर्न आरमभ गरी सक्नु भएको थियो। एउटा अन्ध्यारो कोठामा उज्यालो भए जस्तै हृदय भित्र रहेका पापकर्महरू देखिन थाले र तीबाट क्षमा पाउनकालागि प्रभु येशू सित प्रार्थना गर्न आरम्भ गरे। पवित्र आत्माको सहायताले नराम्रो बानीहरू, आफै हराए। यसै बीच प्रार्थनाको गहिराई पनि बढ्दै गयो र सबै पाप कर्मको लिस्ट बनाई क्षमाको लागि उपवास साथ प्रार्थना गर्न थाले। एक बिहानी प्रभु येशूले प्रकाश ३:२० बाट बोल्नु भयो र उक्त पदको अर्थ पनि खोलीदिनुभयो। त्यही अनुसार कमलेश्वरले विश्वासमा घूडा टेकी आफ्नो होस्टल कोठामा प्रभु येशूको लागि आफ्नो हृदय खोलि दिए। खाना खाएर आफ्नो कोठामा आउने क्रममा भरेङ्गको अन्तिम खुड्किलामा पाइला राख्न बित्तिकै कमलेश्वरको हृदय स्वर्गीय शान्ति र आनन्दले भरियो! हृदय बाट पापका सबै दाग मेटिए जो येशूको रगतले धोइएको हुनु पर्दछ! तर यो कुनै मानिसले गरेको काम नभै स्वयम् परमेश्वरले नै गर्नुभएको हृदय परिवर्तनको काम भएकोले कौलेज प्रशासनले अचम्म माने पनि कुनै कार्यवाही गर्न सकेन। १९६५ ई (सम्वत् २०२२) मा भएको यस घटना पछि कमलेश्वरले प्रभुको ईच्छा अनुसार २०२३ कार्तिक २२ गते चापागाऊ खोलामा आदरणीय गुरुबा पा रोबर्ट कार्थक बाट बप्तिस्मा लिये। भवन विभाग को बबर महल, पोखरा कार्यालय र जुम्ला कार्यालय मा ८ वर्ष ओभरसियर पदमा काम गरी, वि सम्वत् २०३१ मा बुवा आमा को विश्वास र बप्तिस्मा पछि आफ्नो पैत्रिक गाऊबाट निकालिएर बीरगन्जमा काम खोज्दै आउदा चिनी कारखानामा काम पाए र त्यस उपरान्त यसै महानगरपालिका मा पास्टरीय सेवकाईमा सन्लग्न छन्।
India
Malaysia
Singapore
UAE
The items in your Cart will be deleted, click ok to proceed.